काठमाडौं। डिजिटल प्रविधिमार्फत ग्राहक सेवा थप प्रभावकारी, छिटो र सहज बनाउने उद्देश्यका साथ M.F.K. Multipurpose Company Pvt. Ltd. ले आफ्नो आधिकारिक वेबसाइटमा "Live Chat with Head Quarter" सुविधा तथा विभिन्न Smart Contact System सार्वजनिक गरेको छ। यस प्रणालीमार्फत कम्पनीका सेवा लिन इच्छुक ग्राहक, रोजगार खोज्ने व्यक्तिहरू, व्यवसायिक साझेदार तथा अन्य आगन्तुकहरूले कम्पनीसँग प्रत्यक्ष सम्पर्क गरी आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार वेबसाइटमा प्रवेश गर्ने प्रत्येक आगन्तुकले अब कुनै पनि सेवा, विभाग वा जानकारीका लागि लामो समय कुर्नुपर्ने अवस्था रहने छैन। वेबसाइटमै उपलब्ध Live Chat मार्फत कम्पनीको प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न सकिनेछ भने आवश्यक परे सम्बन्धित विभागमा ग्राहकलाई छिटो र व्यवस्थित रूपमा मार्गदर्शन गरिनेछ। साथै WhatsApp, फोन, इमेल, टेलिग्राम तथा लोकेसन लगायतका विभिन्न सम्पर्क माध्यमहरू पनि एकै स्थानबाट उपलब्ध गराइएको छ, जसले सेवाग्राहीलाई आफ्नो सुविधाअनुसार सम्पर्क गर्ने विकल्प प्रदान गर्दछ।
कम्पनीले यो प्रणाली विशेष गरी Job Placement & HR Services, Company Registration & Legal Services, Real Estate & Construction, Agriculture & Processing, Documentation Services लगायतका सबै विभागका सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले विकास गरेको जनाएको छ।डिजिटल सेवाको विस्तारसँगै MFK Company ले ग्राहक केन्द्रित सेवा, प्रविधिमैत्री व्यवस्थापन तथा आधुनिक व्यवसायिक अभ्यासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप नयाँ डिजिटल सुविधा सार्वजनिक गर्ने योजना रहेको कम्पनीले जनाएको छ।